एक्सनले भरि पूर्ण ‘वीराङ्गना’ ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

एक्शन जनाराको चलचित्र ‘वीराङ्गना’ को ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक सञ्जाल साईराम पिक्चर्सको युट्युब च्यानलबाट निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । यहि असार मसान्त अर्थात २९ गतेबाट रिलिज हुन लागेको चलचित्रले पोष्टर र दुई गीत सार्वजनिक गरिसकेको छ ।

चलचित्रको सार्वजनिक ट्रेलरमा मूख्य कलाकारहरु शिल्पा पोखरेल, अनुप विक्रम शाही, पृथ्वी राज प्रसाई देखी घोडा र बाँदर सम्म फिचरिङ गरिएको छ । चलचित्रको ट्रेलरमै प्रज्वल गिरी, शुशिल पोखरेल, धु्रव कोईराला, प्रिया रिजाल लगायतलाई पनि देख्न सकिन्छ ।

महिला शसस्त्र प्रहरीको विरतामा आधारित चलचित्र ‘वीराङ्गना’ लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको चलचित्र हो । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्र वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । वीराङ्गनामा सुमी चामलिङ राई सह निर्माता रहेकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.