‘क्रिमिनल’ पूर्वका विभिन्न स्थानमा


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेता तथा निर्माता राजेन्द्र वस्नेतको चलचित्र ‘क्रिमिनल’ पूर्वाञ्चलको विभिन्न स्थान दमक, झापा आसपासमा छायाँकन भई रहेको छ । अर्नभ फिल्मस र बुढाथोकी फिल्मसको संयुक्त ब्यानरमा निर्माण भैरहेको ‘क्रिमिनल’का निर्देशक अमृतमान महर्जन हुन्। चलचित्रमा करण सुनार, क्रान्ती बराईली, सानिया खान, अनु पराजुली, एलिना कार्की, जीवन न्यौपाने, पर्वत कार्की, भरत वास्तोला, सुरज प्रजापति, जीवन गौतम आदि कलाकारको मुख्य भूमिका रहेको छ । अर्नभ वस्नेत निर्माता रहेको ‘क्रिमिनल’मा द्वन्द शंकर महर्जन, संगित भरत वस्नेत, छायाँकार रामेश्वर हुमागाईंको रहेको छ । सूर्य बुढाथोकीले प्रोडक्सनको जिम्मेवारी सम्हालेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.