मिलनले गाइन ‘कस्मिक लब’ को माया तिमीलाई


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘कस्मिक लब’ को माया तिमीलाई बोलको गीत रेकर्डिंग गरिएको छ। दिनेश सुबेदीको शब्द रहेको उक्त गीतमा बाबुल गिरि तथा मिलन अमात्यको स्वर रहेको छ भने,संगीत पनि बाबुल गिरिकै रहेको छ।

चलचित्रमा अभिनेताद्वय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्के पहिलो पटक एकसाथ देखिने भएका छन् । जय गौतमले निर्माण गर्ने उक्त चलचित्र ‘कस्मिक लभ’मा यी तिन कलाकारहरु फाईनल भएका छन् । मुभी मेकर्सको ब्यानरमा निर्माण तथा सुरज प्रधानको प्रस्तुति रहने चलचित्रका अन्य कलाकारहरु भने फाईनल हुन बाँकी रहेको जानकारी बाहिरीएको छ। शंकर अधिकारीले निर्देशन गर्ने चलचित्रमा डी .एन. दाहाल कार्यकारी निर्माताको रुपमा रहनेछन ।

यहि असारको ११ गतेबाट छायांकन सुरु हुन लागेको चलचित्रलाई सुरेश बज्राचार्यले छायांकन गर्दैछन् भने कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछाने रहनेछन। शेखर ज्ञावालीको कथा रहेको चलचित्रमा बाबु साहेबको द्वन्द्व रहने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.