अमृत र करुणाको रोमान्स ‘सयकडा दश’ इन्डकल्याप


सेलिब्रेटी नेपाल काठमाडौँ

मनोज गजुरेल स्टारर सोसल ड्रामा चलचित्र ‘सयकडा दश’ इन्डकल्याप भएको छ । काठमाडौं, पोखरा, सिन्धुली र पाँचथरमा चलचित्रको छायांकन गरिएको हो । चलचित्रमा पहिलोपटक अमृत र करुणाले जोडी बाँधेका हुन् । मंसिरमा रिलिज लक्ष्य राखिएको चलचित्र लाइ त्यस अगाडि च्यारिटी अभियान चलाउने तयारी गरिएको छ । भ्रष्टाचारविरुद्ध सदाचार समाज निर्माणका लागि पात्रले गर्ने संघर्ष यसको केन्द्रिय द्धन्द्ध हो ।

प्रेमगीत २ फेम्ड निर्देशक रामशरण पाठक निर्देशित चलचित्रले भ्रष्टाचारले सम्बन्ध र परिवारमा पार्ने प्रभाव पेश गर्छ । राजाराम पौडेल, रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला कलाकार छन् । रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दीलिप ओखडाको नृत्य निर्देशन र कल्याण सिंहको संगीत छ । युट्युवस्टार गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशला गुरुङ र सन्देश पाठकसँग टीमअप गरेका छन् । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बनेको चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.