‘यो माया कस्तो माया’ को पहिलो गीत सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘यो माया कस्तो माया’ को पहिलो गीत सार्वजनिक गरिएको छ। राजधानीमा एक औपचारिक कार्यक्रम गर्दै ‘ति ओठहरुमा’ बोलको गीत भिडियो सार्वजनिक गरिएको हो सार्बजनिक गीतमा चलचित्रका मुख्य कलाकार दिवश धिताल र सभ्यता गिरीको रोमान्स देख्न सकिन्छ। अन्जु पन्त र फिरोज बस्नेतको आवाजमा रहेको गीतमा अर्जुन पोखरेलको शब्द/संगीत रहेको छ भने रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।

भुषण आनन्द ठकुरीको निर्देशनमा बनेको चलचित्रमा इन्द्र रजक र सम्वृद्धि श्रेष्ठको लगानी रहेको छ। दिव्य सुबेदीको छायांकन, शंकर महर्जनको द्वन्द, अर्जुन जी.सीले सम्पादनको रहेको चलचित्रमा कर्ण थापा (किरण), र बाबु गौतम कार्यकारी निर्माताको रुपमा रहेका छन। चलचित्रमा दिवश र सभ्यताका साथै युवराज केशरी, सुमित डंगोल आदि कलाकारहरुको अभिनय रहेको छ चलचित्रको सम्पूर्ण छायांकन नेपाल र दार्जीलिंगमा गरिएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.