रिचा र विनोदको ‘यो पागल मन’ को ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

असार २९ गते सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘यो पागल मन’ को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । कल्याण अधिकारी निर्देशित चलचित्रलाइ बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । लब स्टोरी जनरामा बनेको चलचित्रमा बिनोद न्यौपाने,रिचा सिंह ठकुरी,गौरी मल्ल,राजेश ढुंगाना,मनिष भण्डारी,बिशाल श्रेष्ठ,एनी कुँवर लगाएतको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको चलचित्र लाइ शम्भु सापकोटाले खिचेका हुन् ।

अनिल गौतमको सम्पादन रहेको चलचित्रमा भोमन कटुवालको मुख्य सहायक निर्देशन रहेको छ । कमल राइको कोरियोग्राफी रहेको चलचित्रमा द्वन्द निर्देशन राजु किरांतको रहेको छ भने सामिप्यराज तिमल्सिनाको पटकथा सम्बाद रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.