रजनीकान्तको फिल्म ‘काला’ माथि प्रतिबन्ध


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

दक्षिण भारतीय चर्चित अभिनेता रजनीकान्तको फिल्म ‘काला’ लाई कर्नाटकमा प्रतिबन्ध लगाइएको छ। यसै साता बाट प्रदर्शनमा आउने फिल्मका अभिनेता प्रकाश राजले फिल्म माथि लगाइएको प्रतिबन्धनको विरोध गर्दै ट्विट गरेका छन्। उनले सधैं फिल्म उद्योगलाई किन निशाना बनाइन्छ भन्दै प्रश्न गरेका छन्।

प्रकाश राजले ट्टिव गर्दै लेखेका छन्, ‘कावेरी समस्याको फिल्मसँग के सम्बन्ध छ? सधैं यस्ता विषयमा फिल्मलाई किन निसाना बनाइन्छ? के जेडीएस र कांग्रेसका मानिसले कानुन आफ्नो हातमा लिन दिन्छन्? जस्तो बीजेपीले पद्मावतसँग गरेको थियो। या फेरि आम जनतालाई आश्वस्त पार्छन र उनीहरुलाई चुन्ने अधिकार दिन्छन्?’

Copyright © 2012 - 2026 | All Right Reserved.