प्रदिपको ‘लिलिबिली’ एकाउन्न दिनमा ‘लब स्टेसन’ घोषणा


सेलिब्रेटी नेपाल काठमाडौँ

प्रदिप खड्का स्टारर चलचित्र ‘लभ स्टेशन’ औपचारिक घोषणा गरिएको छ राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको घोषणा गरिएको हो उज्जवल घिमिरेले निर्देशन गर्ने चलचित्र ‘लभ स्टेशन’ प्रदिप खड्काको मुख्य भूमिका रहनेछ । प्रदिप को जोडी नायिका भने फाइनल भई सकेको छैन । नायिका जसिता गुरुङको चर्चा चले पनि जसिता संग एग्रिमेन्ट भई नसकेको निर्माता गोबिन्द शाहीले बताए । प्रदीपसँगै गोविन्द शाही निर्माता रहेको चलचित्रको लागि नायिका खोजी भई रहेको र चलचित्रका निर्देशक उज्जवल घिमिरे अमेरिका बाट फर्किन साथ नायिकाको टुंगो लाग्ने निर्माता गोबिन्द शाहीले बताए । चलचित्रको पटकथा सुबाश सिंह बस्नेतले लेखि रहेका छन् । चलचित्र ‘लब स्टेसन’ नाम अनुसार अामा र छाेरीकाे मायामा अाधारित हुने नायक प्रदिप खड्काले बताए ।

काफिया फिल्मस् र प्रदीप मिडिया प्रालिको व्यानरमा निर्माण हुने चलचित्रको अन्य प्राबिधिक हरु छनोट भई रहेको छ । चलचित्र आगामी बर्षको फागुन २४ गते प्रदर्शनमा ल्याउने लक्ष्य रखिएको छ । कार्यक्रममा चलचित्र ‘लिलिबिली’ प्रदर्शनको ५१ औँ दिन पुगेको अबसरमा केक समेत काटिएको थियो कार्यक्रममा लिलिबिलिका निर्देशक मिलन चाम्स,निर्माता सुदिप खड्काको समेत उपस्थिति रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.