मलिना र मनिषको प्रेम ‘तिमि हुन्छौ जहाँ जहाँ’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

लभस्टोरी जनरामा बनेको चलचित्र ‘तिमि हुन्छौ जहाँ जहाँ’ को ट्रेलर सार्बजनिक गरिएको छ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो असार ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ को ट्रेलरले प्रेम र विछोडको कथा बोलेको छ। पूर्ण रुपमा लभस्टोरि चलचित्रमा मनिष सुन्दर श्रेष्ठ,मलिना जोशी,स्वरुप पुरुष ढकाल, रबी गिरी, विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा वर्षा सिवाकोटी अतिथि भूमिकामा देखिने छिन् । बिकाश बस्यालको निर्देशन रहेको चलचित्रमा माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस चलचित्रमा रोशन श्रेष्ठको द्वन्द निर्देशन रहेको छ ।

मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ का कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् । विना कार्की सह-निर्मात्रीमा रहेकी छिन् । कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.