‘पण्डित बाजेको लौरी’ पहिलो गीत ‘चोली तुना’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

साउन ४ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पण्डित बाजेको लौरी’ को गीत भिडियो सार्बजनिक गरिएको छ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ‘चोली तुना’ बोलको गीत सार्वजनिक गरिएको हो । दीपक ओली निर्देशित चलचित्र ‘पण्डित बाजेको सार्बजनिक गीतमा सन्ध्या के.सी सँगै मरिश्का पोखरेल, भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी लगायतका कलाकार फिचर्ड छन् । गीतमा कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत, मिना निरौला र श्रीकृष्णकै स्वर र बिक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।

महेश दवाडीको कथा/पटकथा/संवाद रहेको एउटा सानो गाउँ भित्र पण्डित्याईको भिन्न-भिन्न काम गर्ने पण्डितहरुको कथासँगै समाजका गहकिला समस्या र घटनालाई समेटेको छ ।

चलचित्रले बादी-बदिनीको कथा पनि उठाएको छ । अधृत फिल्मस् प्रालीको व्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतको पनि अभिनय रहेको छ । ‘पण्डित बाजेको लौरी’मा विदुर पाण्डेको छायाँकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत समाबेश छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.