टंकादेवी–तुलसाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार पत्रकार ईश्वरी न्यौपानेलाई


सेलीब्रेटी नेपाल माघ २८ गते-यसबर्षको स्वर्गिय टंकादेवी–तुलसाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार पोखराका पत्रकार ईश्वरी न्यौपानेलाई प्रदान गरिने भएको छ ।पोखरामा रहेर सत्यतथ्य र वस्तुपरक समाचार संप्रेषण गरेको भन्दै मेची महाकाली मिडिया सोसाइटी नेपालले न्यौपानलेलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।पुरस्कार प्रतिभा छनौट समितिको निर्णय अनुसार यसपटकको पुरस्कार कान्तिपुर दैनिकमा कार्यरत न्यौपानेलाई प्रदान गर्ने निर्णय गरिएको मेची महाकाली मिडिया सोसाइटी नेपालका संयोजक माधव शर्माले जानकारी दिनुभयो ।पुरस्कारको राशी नगद २० हजार एक रुपैयाँ नगद र सम्मान पत्र रहेको छ ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.