‘कोहलपुर एक्सप्रेस’ अब अस्ट्रेलियामा राईट एण्ड एसोसियट्स एजुकेसनल कन्सल्टेन्सीले लियो प्रदर्शनको जिम्मा


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेत्री केकी अधिकारीको अभिनय तथा निर्माण रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ अब अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ। विशाल भण्डारी निर्देशित कमेडी जनराको चलचित्रलाइ राईट एण्ड एसोसियट्स एजुकेसनल कन्सल्टेन्सीले अस्ट्रेलियामा प्रदर्शन गर्न लागेको हो । राजधानीमा प्रेस मिट गर्दै चलचित्र अस्ट्रेलियामा प्रदर्शन हुने कुराको जानकारी गराइयो । प्रेस मिटमा अभिनेत्री तथा निर्मात्री केकी अधिकारी,निर्देशक बिशाल भण्डारी,कन्सल्टेन्सीको तर्फ बाट पी.आर.अधिकारी,प्रतित खड्का,सुरज बस्नेत लगाएतको उपस्थिति रहेको थियो सन् २००१ मा स्थापित राईट एण्ड एसोसियट्स एजुकेसनल कन्सल्टेन्सीले यस अघि केकी अधिकारी अभिनित चलचित्र ‘लब सासा’ लाइ पनि अस्ट्रेलियामा प्रदर्शन गर्ने जिम्मा लिएको थियो । राईट एण्ड एसोसियट्सले बिद्यार्थीहरु लाई एब्रोड़ स्टडीमा पठाउने मात्र नभई अन्य बिबिध गतिबिधिहरु पनि गर्दै आएको छ।

राईट एण्ड एसोसियट्सले इन्टर कलेज फुटसलको पनि आयोजना गरेको थियो । नेपाली चलचित्रको बजार बिस्तारको लागि राईट एण्ड एसोसियट्स अझै लागि पर्ने संस्थाका निर्देशक पी.आर.अधिकारीले बताए । बैशाख १४ गते बाट नेपाल प्रदर्शनमा आएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ ले नेपालमा सन्तोष जनक ब्यापार गर्न सफल भएको थियो ।

चलचित्रमा केकीका अलावा प्रियंका कार्की, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । ‘कोहलपुर एक्सप्रेस’मा अर्जुन पोखरेल,कालीप्रसाद बाँस्कोटा,राजनराज सिवाकोटीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, बिशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा/संवाद र भद्र बहादुर शाही,देवीलाल न्यौपाने (पण्डित),शिव प्रसाद चौलागाईको लगानी रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.