बस्ताकोटीकोअमेरिकामा चित्रकला प्रदर्शनी


सेलिब्रेटी नेपाल काठमाडौँ

लामो समय देखि चित्रकारको रुपमा स्थापित चित्रकार कुशल बस्ताकोटीले हालै अमेरिकामा आफ्नो चित्रकला प्रदर्शनी गरेका छन । हालसम्म ३५ बढी ठाउमा चित्रकला प्रदर्शनी गरेका बस्ताकोटीको उक्त चित्रकला प्रदर्शनी हेर्न ५०० बढी ब्याक्तिहरु आएका थिए । यति मात्र होइन केही समय देखि अमेरिका रहेकी गायीका अन्जु पन्त समेत उक्त प्रदर्शनी हेर्न पुगेकी थिइन् । प्रदर्शनी युनाइटेड नेप्लिज एसोसिएसनको तेस्रो सम्मेलन भएको हो । चित्रकार बस्ताकोटीले नेपाली परिभेष,गाउँ,शहर तथा बिभीन्न ठाउ बिशेष पेन्टिङहरु राखेका थिए ।

प्रदर्शनी बाट आफुलाई निकै सकारात्मक प्रतिक्रिया आएको र त्यो प्रतिक्रियाले हौसला बढाएको भनाइ चित्रकार बस्ताकोटीको रहेको थियो । पोखरामा जन्मिएका उनि यतिबेला अमेरिकामानै बस्दै आइरहेका छन् जहाँ उनि अध्यान संगै चित्रकलामा समय बिताउने गर्छन । उनले चित्रकलाबाटनै बिभीन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु पाइसकेका छन ।