करिश्मालाई जेठमै तीज गीतमा नचाईन पवित्राले


सेलिब्रेटी नेपाल काठमाडौँ

जमाना परिवर्तन भइसकेको छ । केहि बर्ष पहिले साउन भदौमा छुने महिलाहरुको तीज पर्वको सेलिब्रेसन मोडर्न बन्दै जाँदा अब यो चाडसँग जोडिने गीत संगीत विषयक भिडियोको लहर जेठ महिना यानेकी तीज पर्व आउन तीन महिना बाँकी हुँदै सुरु भएको छ । बर्ष २०७५ को तीज लक्षित गरेर बन्दै गरेको एक गीतको लागी सुन्दरी अभिनेत्री करिश्मा मानन्धरले जेठमै कम्मर मर्काइन् ।

शनिबार राजधानीको बुद्धनगर स्थित एक पार्टी प्यालेसमा पुग्दा त्यहाँ कुनै पार्टी चल्दै थिएन । जहाँ तीजको गीत बज्दै गरेको साउण्ड सिस्टम अनि सोही अडियोलाई फ्लो गर्दै रातो साडीमा सजिएकी करिश्मा कम्मर मर्काउँदै थिइन् । अर्की अभिनेत्री तथा कोरियोग्राफर पवित्राा आचार्यले करिश्मालाई ‘डान्सिङ स्टेप’ सिकाउँदै थिइन् । अभिनयसँगै कोरियोग्राफीमा जम्दै आएकी पवित्राले गत बर्ष कोमल ओलीको तीज गीत निर्देशन गर्दै आफ्नो अब्बलता प्रस्तुत गरिसकेकी छिन् ।

‘तीजको लहर चलिसक्यो’ बोलको गीतमा स्वर पारु रञ्जितको छ । संगीत बाबुल गिरीले भरेका छन् । शब्द पनि गिरीको नै हो । गीतको भिडियोलाई सञ्चारकर्मी समेत रहेका श्रीधर पौडेलले छायांकन गरेका छन् । पवित्राको निर्देशन तथा कोरियोग्राफीमा दर्जनबढि कोरसहरुले अभिनेत्री करिश्मासँगै नृत्य गरेका छन् । भिडियोलाई विरेन्द्र रञ्जितले निर्माण गरेका हुन् ।

उता तीजको गीतमा आफ्नो अभिनय करियरमै दोश्रो पटक नृत्य गरेकी करिश्माले टीम मिलेको र मन जितेको गीत भएको कारण आफु तयार भएको बताइन् । ‘पवित्रा जी, बसन्त निरौला जी लगायत चलचित्र क्षेत्र भित्रकै पर्नुभयो, सँगै पारु जीको गीतले पनि मन छोयो त्यसैको कारण म नृत्यको लागी तयार भएको हुँ’ करिश्माले भनिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.