अनमोल महँगो पारिश्रमिकमा मिलनको चलचित्रमा अनुबन्धित


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेता अनमोल के.सी.ले झरना थापाको चलचित्र ‘ए मेरो हजुर ३’ खेल्ने सम्झौता भएकै दोस्रो दिन निर्देशक मिलन च्याम्सको चलचित्र सम्झौता गरेका छन् । महँगो पारिश्रमिकमा अनमोलले च्याम्सको चलचित्रमा काम गर्न लागेको खबर बाहिरिएको छ । प्रदिप भारद्वाजको कथा रहने चलचित्रलाइ सुदिप खड्का र मिलन च्याम्सले संयुक्त निर्माण गर्न लागेका हुन् । नाम फाइनल भई नसकेको चलचित्रको सम्पूर्ण छायांकन विदेश गर्ने बताईएको छ।

अनमोलको चलचित्र ‘क्याप्टेन’ छायांकन सकिए पछि भाद्रमा झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर ३’ को छायांकन सुरु गर्नेछन् । ‘ए मेरो हजुर ३’ को छायांकन सकिए पछि अनमोलले निर्देशक मिलन च्याम्सको चलचित्रको छायांकन सुरु गर्नेछन् । चलचित्र ‘ए मेरो हजुर ३’ प्रदर्शनको ६ महिना पछि मात्र मिलनको चलचित्र प्रदर्शन गर्ने पनि सम्झौता भएको छ । यस चलचित्रमा अनमोलको चलचित्रको लागि नायिकाको खोजि भई रहेको निर्माण युनिटले बताएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.