सेलिब्रेटी नेपाल काठमाडौँ
लभ स्टोरी चलचित्रमा रुचाईएको जोडी मध्येको एक जोडी हो अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ । ‘मेरो एउटा साथी छ’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’ जस्ता चलचित्रमा एकसाथ काम गरिसकेका यी दुई जोडीको दर्शक हरुलाई सँधै चासो हुने गर्दछ । यो जोडीको चलचित्र हेर्न दर्शक लालायित हुने गर्दछन यो जोडी कहाँ के मा व्यस्त छन् भन्ने उनीहरुका फ्यान हरुले चासो राखी रहेका हुन्छन । अहिले आर्यन र नम्रताको सम्बन्ध राम्रो नभएको चर्चा चलि रहेको छ । चलचित्र ‘क्लासिक’ निर्माण गर्दा सम्म नम्रता र आर्यन विना चलचित्र नगर्ने दिनेश अचेल नम्रताका लागि आर्यनको विकल्प खोज्न थालेका छन् ।
देखावटी रुपमा आर्यन र दिनेश दुवैले सम्बन्ध राम्रो रहेको बताउँदै हिँडेपनि भित्रि पाटो भने गहिरो छ । उता नम्रता र आर्यनको पनि सम्बन्ध ठिकठाक नभएको चर्चा चुलिन थालेको छ । बजारमा आर्यनसँग पानी बाराबार रहेको खबर आइ रहँदा नम्रताले यस विषयमा आफ्नो मौनता तोडेकी छिन् ।
मंगलवार आफू अभिनीत चलचित्र’जाइरा’ को एक कार्यक्रममा पत्रकारको प्रश्नको उत्तर दिँदै उनले भनिन्, ‘एउटा फिल्म सँगै नगर्दैमा पानी बाराबार भयो भन्नु गलत हो । बजारमा त जे पनि हल्ला चल्छ । म ७ महिनादेखि ‘जाइरा’ का लागि व्यस्त थिएँ । आर्यनसँग यो अवधिमा भेट नभएका कारण त्यस्तो सुन्नु भएको होला । आर्यनसँग मात्र होइन अरु कसैसँग पनि मैले भेट गरेको छैन ।’
आर्यनले आफ्नै होम प्रोडक्शनमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर चलचित्र ‘कायरा’ निर्माण गरेका छन् । यसमा उनको पनि मुख्य भूमिका रहेको छ । ‘कायरा’ र ‘जाइरा’सुन्दा उस्तै लाग्छ अब दर्शकले यो जोडी मध्ये कसको चलचित्र लाइ साथ दिने हुन् त्यो भने पछि नै थाहा हुने छ।