सृजना सुब्बा र स्मृतिको ‘चक्कर’ यस्तो छ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘चक्कर’को ट्रेलर सार्बजनिक गरिएको छ । अनुष्क रौनियारको निर्देशनमा बनेको चलचित्रको बिहिबार ट्रेलर सार्बजनिक गरिएको हो । ट्रेलरमा अभिनेत्री सृजना सुब्बा र स्मृति पोखरेलको इन्टिमेट दृश्य समेत जोडिएको छ । जसले चलचित्रको कथामाथी केहि सस्पेन्स पनि छोड्छ ।

मुख्य कलाकार अर्पण थापा, ऋचा शर्मा, भोलाराज सापकोटा, अभोनराज उप्रेती ट्रेलरमा देखिएका छन् । चलचित्रको सम्पादन पनि निर्देशक रौनियारले नै गरेका छन् । रविन आचार्यको निर्माण तथा सिनेमाटोग्राफीमा तयार चलचित्रमा संगीत संगम पन्त र पुष्प पलाञ्चोकेको रहेको छ । नेशनल मिडिया प्रोडक्सन र केटिएम आर्ट्स हाउस प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र श्रावण ४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.