मिस नेपाल सृष्टि संग विनयको रोमान्स ‘पल पल’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘रोमियो एण्ड मुना’ को तेस्रो गीत सार्बजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरेर गीत सार्बजनिक गरिएको हो पटक पटक प्रदर्शन मिति सर्दै आएको चलचित्र ‘रोमियो एण्ड मुना’ साउन ११ गतेदेखि प्रदर्शनमा आउने निर्माता प्रशन्न गोपालीले प्रेसमिटमा जानकारी दिए । ‘रोमियो एण्ड मुना’को सार्बजनिक ‘पल पल’ गीत सुक्मित गुरुङले गाएको चर्चित गीत हो ।

गीतमा संगीत तथा शब्द विश्व शाहीको रहेको छ । चलचित्रका मुख्य दुई कलाकार विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिङ भिडियोलाई राजीव समर र निर्देशक नरेशकुमार केसीले कोरियोग्राफी गरेका छन् । गीतको भिएफएक्स पक्ष आइड्रिम एनिमेशनले गरेको हो । शिवराज श्रेष्ठले छायांकन गरेको चलचित्रलाइ लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । चलचित्रमा बिनय र सृष्टिका अलावा प्रज्वल सुजल गिरि,सुष्मा कार्की,सुरक्षा पन्तको पनि मुख्य भूमिका रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.