एउटै स्टेजमा तीन बिजेता छान्दै ग्ल्याम वर्ल्ड


सेलिब्रेटी नेपाल काठमाडौँ

‘मिस एसईई युनिभर्सल २०१८’ र ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’ नामक दुई सौन्दर्य प्रतियोगिता एकसाथ आयोजना हुने भएको छ । जसबाट फरक–फरक तीन बिजेता छानिने छन् । आयोजक ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले आगामी १ असारमा एकसाथ यी दुबै प्रतियोगिता आयोजना गर्न लागेको हो ।

राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुने दुवै प्रतियोगिताका सहभागीहरु अहिले प्रशिक्षणमा छन् । प्रतियोगिताको केही दिन अघिदेखि नयाँ बानेश्वरस्थित होटल रानी महलमा प्रशिक्षण भइहेको छ । व्यक्तित्व विकास, लिडरसीप, आर्ट क्लास, टुर, अनाथालय भिजिट, कलेज भिजिट, ब्रिजकोर्ष, टेबुल म्यानर लगायतको बिषयमा उपयोगी र क्षमतामूलक प्रशिक्षण प्रतियोगीलाई दिइने आयोजक गल्याम वल्र्ड इन्टरटेनमेन्टका आशिष मिश्रले बताए ।

अश्विनी झाको कोरियोग्राफी रहेको प्रतियोगिताको सबै विजेताले अध्ययन छात्रबृत्ति, बिभिन्न गिफ्ट र मोडलिङ तथा अभिनय अवसर पुरस्कारको रुपमा प्राप्त गर्ने कार्यक्रम संयोजक आकाश गिरीले जानकारी दिए । मिष्टर एण्ड मिस एसईई ग्ल्याममा युवातर्फ बिशाल तामाङ, राहुल चन्द, राम ढुङ्गाना, सागर चौधरी, रिकेश घिमिरे, बिशाल दोङ, दिजन भट्टराई, दिपक तामाङ, ओजश्विराज थापा, राकेश खुइन्जु, सञ्जय तामाङ रहेका छन् भने युवतीतर्फ समिक्षा मिजार, इञ्ची शेर्पा, श्रद्धा सुवेदी, सस्मित श्रेष्ठ, रोशनी कट्वाल, प्रज्ञा सेन्चुरी, नेहा जोशी, सन्ध्या अर्याल, कशिष घले, सविना बुढाथोकी, श्रद्धा केसी, प्रान्जली खड्का, सलिना श्रेष्ठ, अकेशा केसी, दिनिशा तामाङ लगायत रहेका छन् ।

त्यस्तै मिस एसईई युनिभर्सल तर्फ क्रितिसा सुवेदी, अलिशा ढकाल, अनुपमा अधिकारी, नम्रता सापकोटा, मोनिका श्रेष्ठ, आशिका पन्थी, प्रनिसा राय, शुभेच्छा खड्का, स्मृती श्रेष्ठ, चाहना लामा, मन्दिपा मगर, स्वर्निम केसी, विमला लम्साल, अनुजा खनाल, अनिशा बिश्वकर्मा रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.