आकाश र आंचलको जोडी भदौ १ गते बाट हलमा


सेलिब्रेटी नेपाल काठमाडौँ

जेठ ११ गते लाइ आफ्नो प्रदर्शन मिति तोकेको चलचित्र ‘ब्ल्याक’ को प्रदर्शन मिति फेरबदल भएको छ । बैशाख अन्तिम सातासम्म नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघ बीचको शेयर बाँडफाँडको विषयमा भएको विवाद र जेठ पहिलो सातादेखि घोषणा गरिएको (यसअघि नै सहमतिमा स्थगित) आन्दोलनको कारण प्रचार प्रसारमा प्रभाव परेको कारण देखाउँदै चलचित्रले प्रदर्शन मिति सारेको हो चलचित्र ‘ब्ल्याक’अब भदौ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्रलाइ प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् ।

मौनता श्रेष्ठको कथा रहेको ‘ब्ल्याक’ मा कोरियोग्राफी रामजी लामिछानेको रहेको छ भने छायांकन रामशरण उप्रेतीले गरेका हुन् । आश्मा पाण्डेको निर्माणमा बनेको चलचित्रमा आकाश र आँचलका अलावा सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल मुख्य भूमिकामा रहेका छन् । द्वन्द्व चन्द्र पन्तको रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।