शुभेच्छा र शुशिलको क्याटवाक गर्दै ‘रणबीर’ को प्रचारमा


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेता अभिनेत्रीहरु पछिल्लो समय मोडलको रुपमा र्याम्पमा क्याटवाक गर्ने क्रम बढेको छ । काठमाडौंको अन्नपूर्ण होटलमा सम्पन्न फेशन शो ‘चौथो एन्जल अन द फ्लोर’मा अभिनेत्री शुभेच्छा खड्का,अभिनेता शुशिल सिटौला र अर्की अभिनेत्री सारा सिरपालीले क्याटवाक गरेका छन् ।

आर आर ग्रुपले शुक्रबार राती काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना गरेको फेशन शोमा चलचित्र रणबीरका यी अभिनेता शुशिलसँग अभिनेत्री शुभेच्छ शोज टपरका रुपमा मञ्चमा उत्रिएकी हुन् ।चलचित्र ‘रणबीर’को एउटा गीतमा नृत्य कलाकारले सोही कार्यक्रममा नृत्य प्रस्तुत गरे । रणबीरकी निर्माता गोमा बिष्टले एलेक्सी फेसनका तर्फबाट कलेक्सन गरेका गर्मी लक्षित पहिरनका साथ रणबीरका अभिनेता अभिनेत्री, निर्माता दिपेन्द्र रेग्मी र गोमा मञ्चमा उत्रिए । कार्यक्रममा ६ ओटा सिक्वेन्समा फेशन सो प्रस्तुत गरिएको थियो ।

अभिनेत्री सारा सो कार्यक्रममा अतिथिको रुपमा मञ्चमा प्रस्तुत भईन् । फेशन सोको सुरु साराको क्याटवाकबाट भयो । शो को समापन शुभेच्छाको र्याम्प प्रस्तुतिबाट गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.