तरकारिवाली नामले भाइरल बनेकी कुशुम ‘लम्फु’को प्रतिक्रियाबाट खुसि


सेलिब्रेटी नेपाल काठमाडौँ

गत शुक्रबार प्रदर्शनमा आएको चलचित्र ‘लम्फू’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माता शक्तिबल्दभ घोरासैनीले जानकारी दिए । चलचित्र प्रदर्शनमा आएको पहिलो र दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण र आइतबार नेपाल बन्द र झरीको कारण दर्शकको उपस्थितिमा केही प्रभाव देखिए पनि चलचित्रले भने राम्रो ब्यवसाय गर्न सफल भएको निर्माताको भनाई रहेको छ । ‘ब्यवसायिक कलेक्सनलाई मात्र सफलता मान्न दिल्दैन’ निर्माता घोरासैनीले भने ‘दर्शकको उत्कृष्ट प्रतिक्रियालाई पनि सफलता मान्न मिल्छ ।’ ‘लम्फु’को बारेमा दर्शक र समिक्षकले राम्रो प्रतिक्रिया दिएको निर्माता घोरासैनीको भनाई रहेको छ ।

कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आर्यन खड्का, ओम गुरुङ, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।

तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठ पनि चलचित्रमा अभिनय रहेको थियो । एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको चलचित्रमा तरकारीवाली हेर्ने इच्छा हुने दर्शक समेत हलमा देखिएको निर्देशक गोपाल च लामिछानेले बताए । उनले भने ‘तरकारीवाली कुशुमलाई समेत चलचित्रमा दर्शकले रुचाए ।’ तरकारिवाली नामले भाइरल बनेकी कुशुम पनि चलचित्र ‘लम्फु’ खेल्न पाएकोमा दङ्ग छिन । चलचित्र प्रदर्शन पश्चात अझै उनमा अरु चलचित्रमा काम गर्ने इच्छा बढेको छ ।
तरकारीकारीवाली र संजित भण्डारी संगको कुराकानी

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.