बिपिन कार्की स्टारर चलचित्र ‘हरी’ को ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

बिपिन कार्की स्टारर चलचित्र ‘हरी’ को ट्रेलर सार्बजनिक गरिएको छ जेठ ४ मा प्रदर्शनमा आउने भनिएको चलचित्र अब जेठ १८ गते बाट प्रदर्शनमा आउने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो ।फरक फरक गेट अप र भूमिकामा देखिने बिपिनको ‘हरी’ मा पनि फरक खालको भूमिकामा देख्न सकिन्छ । ट्रेलर हेर्दा चलचित्र सस्पेन्स कमेडी जनराको हुनसक्ने अनुमान लगाउन सकिन्छ । प्रदर्शन मिती नजिकिदै गर्दा ‘हरी’ युनिटले प्रचार प्रसार समेत सुरु गरेको छ ।

चलचित्रमा बिपिनसंगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, थिन्ले ल्हामो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य लगायतको अभिनय रहेको छ । शुभलाभ फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित ‘हरि’ को लेखन र निर्देशन सफल केसी र प्रतीक गुरुङले गरेका हुन् ।चलचित्रको कार्यकारी निर्माता योगेश्वर पौडेल, थाक्पा तामाङ र माधव थापा रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.