प्रदिप खड्काको हातमा किन हतकडी ? (भिडियो)


सेलीब्रेटी नेपाल काठमाडौँ

प्रदिप खड्का स्टारर चलचित्र ‘रोजी’ को शुभ मुहर्त गरिएको छ । नेपाल चलचित्र बिकाश कम्पनि बालाजुमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको शुभ मुहर्त सम्पन्न गरिएको हो । आज बाट नै चलचित्रको छायांकन आरम्भ भएको छ । चलचित्रलाई गोपिकृष्ण मुभिजले निर्माण गर्दैछ । निरक पौडेलले निर्देशन गर्ने चलचित्रमा प्रदिप खड्का,मिरुना मगर,परमिता राणा,कर्मा शाक्यको मुख्य भूमिका रहेको छ ।

लामो समयदेखि जेल जीवन काटिरहेका कारण पनि प्रदिप खड्काको आँखा वरिपरी रिंकल बसेको थियो । लामो कपालमा उनलाई चिन्न मुश्किल पथ्र्यो ।
‘रोजी’को शुभसाइत समारोहमा प्रदिपको यस्तो अवतार देखिएको हो । चलचित्रको शुभसाइत समारोहमा नायक प्रदिप खड्कालाई प्रेमिका रोजी राणाको हत्याको आरोप लागेपछि अदालत परिसरमा उभ्याइएको दृश्य खिचिएको थियो । प्रदिपले मुहुर्तमा संवाद बोल्दै भने–‘मैले रोजीलाई मारेको होइन, मुक्ति दिएको हुँ ।’ नायक प्रदिप खड्काले यो चलचित्रको क्यारेक्टरका लागि कपाल बनाएको र नक्कली दाह्री जुँगा राखेको बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.