बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउड अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्य बिग्रिएपछि उपचारका लागि दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ । उनी विगत केही समयदेखि पिठ्युको दुःखाईबाट ग्रसित थिए । मिथुन एक वर्षसम्म ऊटीस्थित आफ्नो निवासमा रोगसँग संघर्ष गरिरहेका थिए । उनलाई केही समय अघि उपचारका लागि लस एञ्जलसपनि लगिएको थियो । अभिनेता मिथुनले अस्वस्थ्य भएका कारण राज्यसभाबाट राजीनामा दिइसकेका छन् ।

सन् २००९ मा फिल्मको छायांकनका दौरान उनलाई गम्भीर चोट लागेको थियो । फिल्म ‘लक’ को छायांकनका दौरान स्टन्ट गर्दै गर्दा मिथुन घाइते भएका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.