बुद्धी तामाङ (हैट) को लिड रोल ‘मट्टिमाला’ फष्टलुक सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘मट्टिमाला’ को फष्टलुक सार्वजनिक गरिएको छ । बुद्धी तामाङ (हैट) र रजनी गुरुङ (मङ्गली) को मुख्य भूमिका रहेको यो चलचित्र यहि जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’का चर्चित जोडीको रुपमा चिनिएका यी दुई कलाकार पहिलो पटक ठुलो पर्दामा देखिन लागेका हुन् । चलचित्रमा यी दुईको साथमा टोनी जाका नामले परिचित चिरन राई, पृथ्वि राई लगायतको अभिनय छ । चलचित्र टेक पौरखीले लेखन तथा निर्देशन गरेका हुन् भने निर्माताको रुपमा पृथ्वि रहेका छन् ।

चलचित्रमा क्यामेरा राहुल राई, सम्पादन अनिल कुमार महर्जन, संगीत सुमन राईको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.