१९२ फिट लामो रनवे मा फेशन शो हुने


सेलिब्रेटी नेपाल काठमाडौँ

‘दलजित सुदान फेसन रनवे २०१८’ हुने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यस कार्यक्रमको विषयमा जानकारी गराईएको छ । यस फेसन रनवे मा नेपालका टप मोडलहरुले क्याटवाक गर्ने भएका छन् ।

सोल्टी क्राउन प्लाजाको रोज गार्डेन थिएटरमा हुने यस कार्यक्रममा मोडलहरु नग्मा श्रेष्ठ, आश्था पोख्रेल,सविता कार्की,सुस्मिता थापा, बिबेक खड्का लगायत २४ जना मोडलहरुले प्रस्तुती दिने भएका छन् । कार्यक्रमका आयोजक रबि धमलाका अनुसार यो फेसन शो पछि नेपाली फेसन जगतले निकै छलाङ्ग मार्ने छ ।

१६ महिला र ८ पुरुष एक साथ स्टेजमा उत्रने यस फेसन शो मा दलजित सुदानले तयार परेका बिभिन्न किसिमका पोशाकहरु प्रयोग गरिने छ । यस शो को लागी नेपालमा पहिलो पकट सबै भन्दा लामो १९२ फिट लामो रनवे तयार गरिने पनि आयोजकले संस्थाले बताएको छ । कार्यक्रम आगामी जेठ ११ गते साँझ ६ बजेबाट सुरु भएर ३ घण्टा सम्म चल्ने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.