सलिनको ‘यात्रा अ म्युजिकल भ्लग’ छायांकन सुरु


सेलिब्रेटी नेपाल काठमाडौँ

केही दिन पहिले राजधानीमा एक कार्यक्रमको बीच घोषणा गरिएको चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ को छायांकन सुरु भएको छ । राजधानीको कमलादीस्थित गणेश मन्दिरमा पुजा गर्दै चलचित्रको छायाँकन सुरु गरिएको हो । चलचित्र छायाँकन सुरु हुन पूर्व निर्माता केशव भट्टराई र सुशील पोखरेल, निर्देशक सम्राट शाक्य तथा कलाकारहरु सलिनमान बनियाँ र सलोन बस्नेत लगायतको टिमले मन्दिरमा पुजा गरेका थिए । प्रायः एक्लै फिल्म बनाउने निर्माताको रुपमा चिनिने केशव यसपटक सुशिलसँग जोडिएका हुन् । मंगलबार गणेस्थान वरपर र गहनापोखरी आसपासका स्थानमा चलचित्रको छायाँकन गरियो ।

चलचित्रमा सलिनमान बनिया, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कट्वाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल, विशाल पहाडी, प्रज्ज्वल भट्टराई, देशभक्तखनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

यसै चलचित्र मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई छानिएका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।

कोटकी कालिका देवी फिल्म्स प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा केशव र सुशीलसँगै मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् । यसै चलचित्र मार्फत सम्राट शाक्य निर्देशनमा डेब्यु गर्दैछन् । चलचित्रमा कथा पनि सम्राटकै रहेको छ भने यसलाई उनीसँगै सुरेश न्यौपाने ,प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । संजय लामाले खिच्नेछ चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरोयोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, आशिष पौडेलको कस्ट्युम डिजाइन, जटाशंकर गोसाईको आर्ट डिजाइन, निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । चलचित्रमा बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.