सुर सरगम ग्रुपले आयोजना गरेको गायन प्रतियोगिताको बिजयीहरुलाइ पुरस्कार प्रदान


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली सांगीतिक क्षेत्रमा लाग्न चाहनेहरुको लागि आजकल थुप्रै प्लेट फर्महरु छन् । यस्तै मध्येको रियालिटी शो एउटा राम्रो माध्यम बनेको छ । रियालिटी शो बाट थुप्रै गायक गायिकाहरु सांगीतिक बजारमा स्थापित बनेका छन् । सुर सरगम ग्रुपले आयोजना गरेको गायन प्रतियोगितामा उत्कृस्ट पाँचमा पुग्न सफल गायक गायिकालाई पुरस्कार प्रदान गरिएको छ । हाम्रो सुर संगम गायन प्रतियोगितामा सुदेश मगर प्रथम,सपना राइ दित्तिए,अर्जुन रा ईतृतीय , एडविन गुरुङ चौंथो र बिनि ढकाल पाँचौं हुन सफल भएका थिए । उक्त कार्यक्रममा २०० जनाले अडिसन दिएका थिए ।

उक्त प्रतियोगिताको निर्णायकहरुमा खेम ठटाल,असिम राइ,रमेश राइ र समिर राइ रहेका थिए । प्रतियोगितामा प्रथम हुनेलाइ ओशियन म्युजिकको तर्फबाट एउटा गीत रेकर्ड गराउने र उक्त गीतको भिडियो बनाई दिने ओशियन म्युजिकका प्रबन्धक तथा संगीतकार ओम प्रकाश राइले जानकारी दिए।

सुर सरगम ग्रुपको अध्यक्ष चन्द्र सोतांग विदेशमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन ग्रुपको उपाध्यक्ष सुष्मा हमाल पुनको उपस्थिति रहेको थियो । पबित्र गुरुङले संचालन गरेको कार्यक्रममा बिजेताहरुले गीत पनि गाएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.