‘शत्रु गते’ ले आठ वटा हलमा ५१ दिन पुराएको अबसरमा कलाकार प्राबिधिकलाइ सम्मान


सेलिब्रेटी नेपाल काठमाडौँ

मह संचारको प्रस्तुतिमा प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र ‘शत्रु गते’ले प्रदर्शनको ५१ दिन पार गरेको छ । चलचित्रले काठमाण्डौका विभिन्न ८ वटा हलमा ५१ दिन मनाएको छ । हलमा प्रदर्शन भएको ५१ दिन पुरा भएकोमा निर्माण पक्षले शनिबार बेलुका राजधानीमा सक्सेस पार्टीको आयोजना गर्यो ।

किरण केसीले निर्माण गरेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, शिवहरि पौडेल, रमेशरञ्जन झा, पल शाह, आँचल शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रले गौरवमय ५१ दिन मनाएको अवसर पारेर यसको निर्माणपक्षले मायाको चिनो र धन्यवाद पत्र समेत प्रदान गरेको छ । कार्यक्रममा चलचित्रका कलाकार, प्राविधिकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । हल संचालक, वितरक, विभिन्न ब्रान्ड पार्टनरहरुलाई धन्यवाद पत्र ज्ञापन गरियो । चलचित्र पत्रकारहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.