‘छक्का पन्जा ३’ शुभ मुहर्त संगै छायांकन


सेलिब्रेटी नेपाल काठमाडौँ

छक्का पन्जाको तेस्रो सिरिज ‘छक्का पन्जा ३’ को शुभ मुहर्त सम्पन्न गरिएको छ । भक्तपुर सुर्यविनायक मन्दिरमा पुजा आजा गर्दै चलचित्रको औपचारिक रुपमा घोसणा गर्दै चलचित्रको छायांकन प्रारम्भ भएको हो। तेस्रो पटक दीपाश्री निरौलाले निर्देशन गर्ने चलचित्रमा दीपकराज गिरी,पुष्पल खड्का, दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसी,प्रियंका कार्की लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको ‘छक्का पन्जा ३’ मा सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाई, दीपेन्द्र खनियाँ र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् । यस चलचित्रको गीतमा अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहनेछ ।

कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहने चलचित्रमा रोशन श्रेष्ठको द्वन्द, पुरुषोत्तम प्रधानको छायांकन, दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठको संवाद रहेको छ । ‘छक्का पन्जा ३’ को कथा दीपकराज आफैंले लेखेका हुन् । चलचित्र आगामी बिजया दशमीको छेकोमा प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.