सफल बाबुका छोरा छोरि संगै होस्टेलमा



सेलीब्रेटी नेपाल माघ २७ गते-चलचित्र “सायद” को सफलता पाएर निक्कै चर्चा बटुलेका निर्माता सुनिल रावलले अर्को नेपाली चलचित्र निर्माण गर्ने भएका छन्। उनले अब निर्माण गर्न लागेको चलचित्र हो “होस्टल”। उनले सुक्रबार चलचित्र “होस्टल” को कमलादी गणेश स्थानमा एक कार्यक्रम को आयोजन गरि शुभमुहर्त गरेका छन् । हेमराज क्षेत्रीको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा अधिकांश नयाँ अनुहारहरु देख्न सकिन्छ । चलचित्रमा नायक भुवन केसीका छोरा अनमोल केसी, कलाकार टिका पहाडीका छोरा गौरब पहाडी, निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेतका साथमा संचारकर्मी शिशिर भण्डारी र सौगता गिरीको पनि अभिनय रहनेछ । चलचित्रको छायांकन हरी हुमागाँइले गर्दैछन् भने अष्ट महर्जनको द्वन्द्व निर्देशन रहने छ। चलचित्रको छायांकन माघ २९ गतेबाट सुरु गरिने निर्माता रावलले जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.