सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘प्रेमलीला’ को अहिले धमाधम छायांकन भईरहेको छ । चलचित्रमा समाबेश “जाने क्या हुवा ए” बोलको हिन्दी गीतको केहि दिन अगाडी पोखरामा छायाँकन सकिएको छ । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् भने गीत मा नायिका दिपशिखा खड्का र नायक अली खान फिचरिङ्ग रहेका छन् । चलचित्रको नाम अनुसार चलचित्र लब स्टोरी जनरामा बनेको छ ।
छायांकन गरिएको गीतमा वलिउड गायक राजा हसन को स्वर रहेको छ । चलचित्र कि निर्माता तथा नायिका दिपशिखा खड्का ले चलचित्र मा हिन्दी गीत कथा को माग अनुसार नै राखिएको बताएकी छिन् । नायिका तथा निर्मात्री दीपशिखाले कपाल मुण्डन गरेकी छन् ।
नायिका तथा निर्मात्री खड्काकै कथा रहेको चलचित्र ‘प्रेमलीला’ लाई निर्देशक जनक पाण्डे ले निर्देशन गर्दैछन । चलचित्रमा पवन गौतमको छायांकन रहेको छ । चलचित्रमा संगीतकारहरु महेश खड्का,नबिन कार्की र रबिराज शाहको संगीत रहेको छ । प्रलाद खरेल को मुख्य सहायक निर्देशन रहेको चलचित्रमा दिपशिखा खड्का, अली खान, सुरज तमु र रेखा शाह को मुख्य अभिनय रहेको छ ।