कमेडीले भरिएको झमक बहादुर ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र झमक बहादुरको ट्रेलर सार्बजनिक गरिएको छ राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्बजनिक गरिएको हो भोमन कटुवाल निर्देशितचलचित्रमा अनुपबिक्रम शाही, यादव देवकोटा (सरापे ), राजु कमेडी, सुजाता थापा, मिन कुमार तामाङ, नियोना गुरुङ, राजन महर्जन, कल्याण अधिकारी, कोनिका घिमिरे, शान्ता प्रसाद श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

१८ साउन लाइ प्रदर्शन मिति तोकिएको चलचित्रमा रञ्‍जित गजमेर र ओम सुनारको संगीत, अनिलकुमार महर्जनको सम्पादन, राजु किंरातको एक्सन, कल्याण अधिकारीको कथा, राजेन भुजेलको संवाद रहेको छ । दियालो इन्टरटेनमेन्ट र युबी फिल्मस् ग्यालरीको व्यानरमा ‘झमक बहादुर’लाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । पवन गौतमले छायांकन गरेको चलचित्र लाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.