‘मलाई असफल बनाउन न्वारन देखिको बल नलगाऊनुस’ बोर्ड अध्यक्ष पौडेल


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले आफ्नो फेसबुकमा लमो स्टाटस लेख्दै भनेकी छिन । यहाँ मलाई असफल बनाउने खेल चलिरहेको बताएकी छिन । आफु थोरै बोल्ने धेरै काम गर्ने स्वभावकी मान्छे भएकोले चलचित्र क्षेत्रका केहि दाजु, भाई अंकल र बुवाहरु ऋाफ्नो विरुद्धमा लागेको र यसरी राती राती रेष्टुरेन्टमा मिटिङ्ग गरेर मलाई असफल बनाउँन न्वारन देखिको बल नलगाउँनुस । बरु तपाईहरुको केहि समस्या भए चलचित्र विकाश बोर्डमा आउनुस, बोर्डको ढोका तपाईहरुका लागी सधैँ खुला छ ।

म कहिले पनि हिन्दी सिनेमालाई नेपाली सिनेमाको भन्दा बढि प्रथामिकता नदिने र आजसम्म दिएको पनि छैन । त्यसैले मलाई झुट्टा आरोप नलगाउँनुस मैले कहिले पनि सञ्चारमन्त्रीको अगाडी हिन्दी चलचित्रको बारेमा बोलेको छैन । म सधैँ नेपाली चलचित्रको पक्षमा छु र सधैँ रहने पनि छु । जसले जे भने पनि म सधैँ बक्सअफिसको पक्षमा छु र कार्यकालमा बक्सअफिस लागु गरिछाड्ने निकिताको भनाई छ ।

यस्तो छ निकिताले लेखेको स्टाटस :

•••## बक्स अफिस सम्पुर्ण निर्माताहरुको माग हो र नेपाली चलचित्र जगतको आजको आवस्यकता हो##•••

म थोरै बोल्ने र धेरै काम गर्ने स्वभावकि मान्छे हु। तर बोल्न मात्र जनेकाहरुको भिड्ले मलाईपनि केहि बोल्न बाध्य पार्यो। म महिला भएका कारण कुनै सहानुभूति चाहन्न तर एउटि महिला माथी आफ्नो न्वारान देखिको बल लगाएर लागि परेका दाइहरु, अन्कलहरु, बुवाहरुदेखि दया लागेको छ, चित्त दुखेको छ। अनि मैले नभनेको मात्र होइन, सोच्दापनि नसोचेको कुरा, ठ्याक्कै पत्याउने शैलीमा लेख्ने कला भएका केही भाईहरु देखि झन दया लागेको छ। नेपाली चलचित्रलाई भन्दा हिन्दी चलचित्रलाइ महत्वोपुर्ण मैले कहिलेपनि मानेकी छैन, माननीय सन्चार राज्य मन्त्री ज्यु सङ मेरो भेट हुदा मैले कुन दिन हिन्दी सिनेमाको पक्षमा बोले? म यस्ता झुठा समाचार प्रति संचार मन्त्रालयकोपनि ध्यानाकर्षण गराउन चाहन्छु। र म यस्ता झुठा समाचार लेखाउन आफ्नो तन मन धन लगाउनेहरुलाई राम्ररी चिन्छु पनि। आफ्नो कार्यकालमा बक्स अफिसको नाम चाहिँ लिने तर गफ मात्र गर्ने,काम चाहिँ नगर्नेको राजनीतिक दौड पनि देख्दै छु। बा बा कत्रो चलखेल। तर म आफ्नो कार्यकाल यस्ता गफ र रेस्टुरेन्टहरुमा रातभर गरिने राजनीतिबाट अलग राख्न चाहन्छु। नेपाली सिनेमा प्रतिको मेरो लगाव,मेरो बुवा उद्धव पौडेलको समर्पण र हामी सम्लग्न संस्थाको योगदान,हिजो आएर ब्यापार मात्र गर्ने तर ज्यादै बोल्न खप्पिस केही हल संचालकहरुले मुल्यांकन गरेको देख्दा हासो उठ्छ। म त्यसता ब्याक्तीहरुलाई नेपाली सिनेमाको ईतिहास र त्यसमा हाम्रो योगदान, बिना पुर्वाग्रह खोज्न अनुरोध गर्दछु। मलाई राम्रो सङ थाहा छ, यहाँ कोहि राजनितीक पार्टीमा योगदान दिएको बिवरण बुझाउदै बिकाश बोर्डमा अध्यक्ष हुन लाइन लागेका छन,कोहि बक्स अफिस लगाएको क्रेडिट आफैले लिन मात्र मेरो बिरोध गर्दैछन,कसैलाई त म नजन्मिदै उद्ध्व पौडेल सङ परेको झगडाको रिस् पनि यहि मौकामा पोख्नु छ। म सबैलाई एक मुस्ठ भन्न चाहन्छु, म यहि क्षेत्रमा समर्पित सिनेमा साधक हु। मैले यहि क्षेत्रमा केही गर्छु भनेर मिडिया प्रोड्क्सन मा Internationl डिग्री लीएकि हु।

आफ्नो कार्यकालमा आफुले गर्ने सम्पुर्ण कार्य योजना, त्यसको कार्यान्वयनको खाका र आफ्नो भीजन मैले नेपाल सरकारलाई स्पष्ट रुपमा बुझाएकि छु।कसैको दवाब,डर धम्की वा प्रभावमा नपरी आफ्नो काम सम्पन्न गरेरै छाड्ने अठोट लिएर नै मैले यो जिम्मेवारी लिएकी हु। म दिन रात राजनीति गरेर, बेतालका गफ गरेर एक मिनेटपनि समय खेर फाल्न चाहन्न। आफ्नो कार्यकाल भित्र बक्स अफिस पुर्ण रूपमा लागू गराउने लगायतका केही महत्वोपुर्ण काम गर्न चहान्छु। यो मेरो ब्याक्तीगत रहरको कुरा मात्र होइन नेपाल सरकारको नीति हो। त्यो भन्दा ठुलो कुरा,बक्स अफिस सम्पुर्ण निर्माताहरुको माग हो र नेपाली चलचित्र जगतको आजको आवस्यकता हो। याद राख्नु होला,केही फुर्सदिला महानुभाबहरुको दाउपेचमा लागेर मेरो बिरोध गरिरहदा, बक्स अफिस लगाउन नदिने ब्याक्तीहरुले यसको भरपुर फाइदा उठाईरहेका छन। केही अन्लाईन न्युज पोर्ट्लहरु त्यस्ता ब्याक्ती र समूहले जे भन्यो त्यही न्युज सम्प्रेषण गरिरहेका छन। आफ्नो कलम त्यसरी कौडिको भाउमा नबेच्न म केही पत्रकार मित्रहरूलाईअनुरोध गर्दछु।

मेरो पक्षमा लेख्नु भन्न खोजेको होइन खाली बुझेर लेखिदिनु होला भन्न चाहन्छु। चलचित्र बिकाश बोर्ड नेपाली निर्माताहरुको पक्षमा त छँदैछ, त्यो भन्दापनि माथी सम्पुर्ण नेपाली फिल्म ईन्ड्स्ट्रीको उत्त्थान र उन्नतिमा समर्पित छ। नेपाल सरकार बक्स अफिस लागू गर्न कुनैपनि किसिमको सहयोग गर्न तयार रहेको कुरा माननीय मन्त्रीज्युले मलाई पटकपटक बताउनु भएको छ। त्यसैले बेकारको गफ र बेअर्थको राजनीतिमा खर्च गर्ने समय अफ्नो सिनेमाको स्क्रिप्ट, काष्ट, कृयशन, कृयटिभ आईडियामा खर्च गरौ। यसले नेपाली सिनेमाको स्तर बड्छ। रात रात भर सहरका रेस्टुरेन्टमा बसेर एक महिलालाई कसरी सिध्याउने भन्ने मिटिङ नबस्नुस। यसको आवश्यकता नै छैन। म जीवन भर बिकाश बोर्डमा हुने होइन तर जति समय रहन्छु, केही उल्लेख्य काम गरेरै छाड्छु। अब यो लेखको शब्द शब्द केलाएर, अनेक अर्थ निकालेर मिटिङ माथी मिटिङ गरेर, थरी थरी प्लान गर्ने कष्ट नगरि दिनुहोला प्लिज । सङै मिलेर केही गरौ न, हुन्न? बरु भन्नुहोस्, सबै पक्षको हितका लागि हामी सबै एकै ठाउमा कहिले र कहाँ बस्ने? चलचित्र बिकास बोर्डको ढोका भने सबै बिषयमा, सबैकालागि, सधै खुल्ला छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.