पपगायक सुगम पोख्रेलसहित ७ जनालाई पक्राउ,लागूऔषध सेवन गरेको प्रमाणित भए १ वर्षसम्म कैद


सेलीब्रेटी नेपाल माघ २७ गते-लागूऔषध कारोबार भइरहेको सूचना पाएर छापा मार्न गएको प्रहरीले पपगायक सुगम पोख्रेलसहित ७ जनालाई पक्राउ गरेको छ । नयाँ बानेश्वरको लागूऔषध नियन्त्रण ब्युरोबाट गएको टोलीले उनीहरूलाई सेतोपुलमुनि पक्रेको हो । पोख्रेलले सेवन गरेको हो/होइन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने अन्यमा झापाका उमेश दाहाल, श्यामुल मगर र काठमाडौंका खगेन्द्र शाही छन् । अनुसन्धानमा असर पर्ने भन्दै पक्राउ पर्ने अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
‘सोधपुछ गर्दा पक्राउ पर्नेमध्येको एक सुगम पनि पाइए,’ डीएसपी रवीन्द्र रेग्मीले भने, ‘तर ब्राउन सुगर उनको साथबाट बरामद भएको होइन ।’ पक्राउ पर्नेको साथबाट प्रहरीले २ ग्राम ब्राउन सुगर बरामद गरेको छ । लत लागेकालाई त्यतिले २ देखि ३ दिनसम्म डोजको काम गर्ने जानकारी प्रहरीले दियो । सुगमले लागूऔषध सेवन गरेको प्रमाणित भए १ वर्षसम्म कैद र दस हजारसम्म जरिवाना हुनसक्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.