सेलीब्रेटी नेपाल माघ २६ गते-साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीलाई अश्लील गालीगलौजसहित सात दिनभित्र ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सम्पादक बुढाथोकीलाई उक्त साप्ताहिकमा प्रकाशित समाचारको विषयलाई लिएर बेग्लाबेग्लै देशको नम्बरबाट फोन गरी अश्लील गालीगलौजसहित सात दिनभित्र ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको सङ्घका महासचिव ओम शर्माले विज्ञप्तिमार्फत् प्रष्ट गरेका छन्।महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई चुनौती दिने तथा पत्रिकाका सम्पादकलाई हतोत्साहित बनाउने यो धम्कीको घोर भर्त्सना गर्दै धम्की दिनेलाई तत्काल पहिचान गरी कारबाही गर्न र पत्रकारलाई सहज एवम् निर्भयपूर्वक सूचना सङ्कलन र सम्प्रेषणको वातावरण बनाउन सरकारसँग मागसमेत गरेको छ।
सम्बधित पोस्टहरु
नेपाली फिल्मको बजार विस्तार र प्रचार रणनीतिबारे अन्तरक्रिया
सेलिब्रेटी नेपाल । नेपाली चलचित्रको निर्माणसँगै त्यसको बजार विस्तार, दर्शकसम्म पहुँच र प्रभावकारी प्रचार रणनीतिबारे बहस आवश्यक रहेको निष्कर्षसहित चलचित्र पत्रकार संघ नेपालको आयोजनामा ‘चलचित्रको बजार तथा प्रचार शैली’ विषयक...
दशैँमा भिड्दै ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’, पल र समीरमध्ये कसले तान्ला बढी दर्शक?
दुवै चलचित्रले दर्शकमाझ आ–आफ्नै किसिमको प्रभाव छाड्ने लक्ष्य राखेका छन्।
रहस्यको पर्दा उघार्दै ‘पाँच पाण्डव’ को ट्रेलर–१ सार्वजनिक
सेलिब्रेटी नेपाल । आगामी तिहारलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको चलचित्र ‘पाँच पाण्डव’ले आफ्नो पहिलो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरले चलचित्रका प्रमुख पात्रहरूलाई रहस्यमय रूपमा प्रस्तुत गर्दै कथाप्रति दर्शकको...
‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘म मदनकृष्ण’ राजकुमार श्रेष्ठ निर्माता हुन्
‘पीजी’ सेन्सर सर्टिफिकेटसहित असोज ३० मा रिलिज हुँदै फिल्म ‘आ बाट आमा २’
सेलिब्रेटी नेपाल । विजया दशमीको पावन अवसर पारेर प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित फिल्म ‘आ बाट आमा २’ ले ‘पीजी’प्रमाणपत्र प्राप्त गरेको छ। असोज ३० गते शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्मले सेन्सर बोर्डबाट...
‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक,दीपकराज सन्तानका लागि दौडधुप
‘छ माया छपक्कै २’ आगामी असोज ३१ गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने






