सेलीब्रेटी नेपाल माघ २६ गते-साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीलाई अश्लील गालीगलौजसहित सात दिनभित्र ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सम्पादक बुढाथोकीलाई उक्त साप्ताहिकमा प्रकाशित समाचारको विषयलाई लिएर बेग्लाबेग्लै देशको नम्बरबाट फोन गरी अश्लील गालीगलौजसहित सात दिनभित्र ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको सङ्घका महासचिव ओम शर्माले विज्ञप्तिमार्फत् प्रष्ट गरेका छन्।महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई चुनौती दिने तथा पत्रिकाका सम्पादकलाई हतोत्साहित बनाउने यो धम्कीको घोर भर्त्सना गर्दै धम्की दिनेलाई तत्काल पहिचान गरी कारबाही गर्न र पत्रकारलाई सहज एवम् निर्भयपूर्वक सूचना सङ्कलन र सम्प्रेषणको वातावरण बनाउन सरकारसँग मागसमेत गरेको छ।
सम्बधित पोस्टहरु
च्याउ उत्पादन र व्यापारमा अभिनेता विश्वजित
काठमाडौँ। केही वर्षअघि सार्वजनिक प्रदर्शनमा आएको सिनेमा ‘लभ डायरिज’ अभिनेता विश्वजित रिमाल अव व्यावसायमा अग्रसर भएका छन् । अहिले उनले गण्डकी प्रदेश र बागमती प्रदेशमा च्याउ उत्पादन सुरु गरेका हुन् । रिमाल मशरुम इन्डष्ट्रिज गण्डकी...
नेपाली परिवेशमा आधारित सिट्कम सिरिज ‘लट्ठक’ सार्वजनिक
काठमाडौं । विश्वभर लोकप्रिय सिट्कम कमेडी मेथडलाई आधार बनाएर नेपाली ग्रामीण परिवेशमा निर्माण गरिएको वेब/टेलिभिजन सिरिज ‘लट्ठक’ दर्शकमाझ आएको छ। रंगमञ्च र टेलिभिजनको अन्तर्राष्ट्रिय बजारमा सिट्कम कमेडीले विशेष स्थान बनाउँदै आएको...
‘एक्लो’ मार्फत ठूलो पर्दामा कविता नेपाली, अभिनेत्रीको नयाँ परिचय थपिँदै
काठमाडौं । डान्स रियालिटी शो ‘बुगीवुगी’को विजेता बनेसँगै चर्चामा आएकी कविता नेपालीको पहिचान पछिल्ला वर्षहरूमा निरन्तर फराकिलो बन्दै गएको छ। नृत्याङ्गनाका रूपमा स्थापित कविता विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा झण्डा फहराउँदै...
आ बाट आमा’को शीर्ष गीतको कभर सङ र अभिनय गर्नुहोस् ५० हजार जित्नुहोस्
काठमाडौं । फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’को कभर गाउने र अभिनय गर्नेले ५० हजार प्राप्त गर्ने भएका छन्। निर्माण टिमले सोमबार उक्त गीतमा कभर सङ र अभिनय प्रतियोगीता घोषणा गरेको हो। प्रतियोगितामा सहभागी हुन इच्छुकले...
श्री माध्यमिक विद्यालय सहपुरमा चलचित्र साक्षरता कार्यक्रम सम्पन्न
चितवन । कालिका नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालय सहपुरमा चलचित्र साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चोया डिजिटल सोलुसनको आयोजना तथा सेलिब्रेटी नेपालको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रम चलचित्र विकास बोर्ड र...
चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्षमा सन्तोष बस्याल
काठमाडौँ । चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्षमा सन्तोष बस्याल चयन भएका छन् । संस्थाको शनिबार भएको सातौं साधारणसभा तथा छैटौं अधिवेशनले उनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। कार्यसमिति...


