आन्दोलनमा उत्रिय चलचित्र निर्माताहरु


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली चलचित्रका निर्माताहरुले आन्दोलन गर्ने भएका छन् । यो आन्दोलनको घोषणाले निर्माता र हल ब्यावसायी बिचको दुरी झन बढाएकोछ । चलचित्र निर्माताहरुको छाता संगठन नेपाल चलचित्र निर्माता संघले केही दिन अगाडी राजधानीमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रले कमाएको रकमको बाँडफाँड,सरोभर चार्ज,हलमा ट्रेलर बजाए चार्ज लगायतका विषयमा आफ्ना मागहरु सार्वजनीक गरेको थियो । निर्माता संघ र चलचित्र संघ बिच बिभिन्न चरणमा वार्ता गर्न खोजिए पनि यि दुई संघ बिच वार्ता भने हुन सकेको छैन ।

निर्माता संघले घोषणा गरेको आन्दोलनको कार्यक्रम यस प्रकार रहेको छ
जेठ १ गते सम्पूर्ण चलचित्रकर्मीहरू बिभिन्न हलहरूमा कालोपट्टि बॉधेर उपस्थित हुने ।
जेठ २ गते चलचित्र बिकास बोर्डमा कुनै पनि चलचित्र सेन्सर नगर्न का लागि दबाब दिदै धर्ना दिइने ।जेठ ४ गते देखि सम्पूर्ण सिनेमा हलहरूमा कुनै पनि चलचित्र प्रदर्शनमा रोक लगाउने ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.