सेलिब्रेटी नेपाल काठमाडौँ
अभिनेत्री मरिष्का पोखरेल अभिनीत तेस्रो चलचित्र ‘लम्फू’ को यतीवेला प्रचार प्रसार तिव्र पारिएको छ । यसको निर्माण टिमले आफ्नो मोफसल टुर सकेर आज मात्रै काठमाडौं फर्किएको छ । तर चलचित्रकी मुख्य नायिका मरिष्का पोखरेल भने मोफसल टुरमा सहभागी हुन भइनन् । यो विषयमा बिहिवार घोषणा भएको चलचित्रको कार्यक्रमा भेटिएकी मरिष्कासँग बुझ्दा, आफु अहिले निकै बिरामी भएकोले उक्त टुरमा जान नसकेको बताइन ।
मरिष्काले भनिन् डाक्टरले नै मलाई लामो यात्राको लागी अनुमती दिनु भएन त्यसैले मैले चाहेर पनि मोफसल टुरमा जान सकिन तर उहाँहरु सवै जनालाई मिस गरिरहेकी छु । आफुलाई निर्माण टिमले दिएको जिम्मेवारी अनुसार राजधानी भित्रका अनलाईन, पत्रपत्रिका, टेलिभिजनमा पुगेर चलचित्रको प्रचार प्रसारमा सहयोग गरिरहेको बताइन ।
आफुलाई दर्शकले चलचित्र भित्र एउटी सोझी गाँउले केटीको भुमिका देख्न पाउने बताइन, साथै म यो भुमिका प्रति एकदमै उत्साहित रहेको भन्दै आफ्नो भुमिका दर्शकले मनपराउनेमा ढुक्क रहेको प्रतिक्रिया दिइन । चलचित्र छायांकन अवधिभर आफु र आफ्नो टिमले खुलेर इन्जोय गरेको भन्दै चलचित्रको छायांकन सकिएको पनि थाहा भएन । लम्फु बैशाख २८ गतेबाट अलनेपाल रिलीज हुँदैछ । गोपाल चन्द्र लामिछानेले निर्देशन गरेको चलचित्रलाई पपुलर मल्टिमिडियाको व्यानरमा शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन ।