खेलको कथा संगै दाइजोको कथा पर्दामा


सेलिब्रेटी नेपाल काठमाडौँ

फ्राईडे रिलिज अन्तर्गत आज दुइ फरक किसिमका चलचित्र प्रदर्शनमा आएका छन् । खेलको कथा बस्तुमा बनेको ‘डमरुको डन्डीबियो’ र दाइजो प्रथाको कथामा बनेको ‘भोर’ प्रदर्शनमा आएका छन् । समृद्दी ईन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी वर्देवा, मिश्री थापा लगायतको अभिनय रहेको छ । चलचित्रलाई विनोद गुरुङ र नोर्वु छिरिङ घलेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

सती प्रथाको कथामा चलचित्र ‘झोला’ बनाएका निर्देशक यादब भट्टराईको दोश्रो निर्देशकीय चलचित्र हो ‘भोर’ दाइजो प्रथाको बिषयमा बनेको चलचित्र ‘भोर’ ले बिसेष गरि तराई क्षेत्रमा ब्याप्त दाइजो लेन देनको बिषय बोल्ने छ ।भाषिक रुपमा मैथिली भाषाको समेत प्रयोग गरिएको चलचित्रले प्रिमियरबाट राम्रो प्रतिक्रिया पाएको छ । चलचित्रमा राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको छायाँकन दीपक बज्राचार्यले गरेका हुन् भने राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी रहेका छन् । उज्जल ढकालले चलचित्रलाई सम्पादन गरेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.