लम्फु कबिर मरिश्कालाइ भन्दैछन् ‘तिमीलाई भुलेर’(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘लम्फु’ को नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीत‘तिमीलाई भुलेर’ मा नव नायक कबिर खड्का र मरिश्का पोखरेलको अभिनय रहेको छ। गीतमा मरिश्काको यादमा कविर तडपिदै गरेको देख्न सकिन्छ । युबराज सापकोटाको शब्द , अर्जुन पोखरेलको संगीत र प्रमोद खरेलको स्वर रहेको छ । गीतलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । पछिल्लो समय सार्वजनिक गीतसंगीत र ट्रेलरका कारण दर्शक माँझ नोटिस भईरहेको चलचित्र ‘लम्फु’ यतिबेला मोफसल टुर अन्तर्गत पोखरामा पुगेको छ ।

गत बैशाख १७ देखि मोफसल टुरमा निस्किएको युनिटले स्थानीय सञ्चारकर्मीलाई फिल्म बारे जानकारी गराएको निर्माण युनिटले बताएको छ । टुरमा फिल्मका निर्माता शक्ति बल्दभ घोरासैनी , निर्देशक गोपाल चन्द्र लामिछाने , नायक कबिर खड्का र सञ्जित भण्डारी लगायत छन् । टिमले धरानबाट सुरु गरेको टुर अन्तर्गत दमक , हेटौडा र चितवनमा पत्रकार भेटघाट गरिसेको छ भने विहिबार पोखरामा गर्दैछ ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा कबिर , सञ्जित र सलोनसँगै मरिश्का पोखरेल,चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । साथै चलचित्रमा तरकारीवालीको उपनामले प्रख्यात कुशुम श्रेष्ठको समेत अभिनय रहेको छ । यसमा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ ।

समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको ‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् । चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यसचलचित्रका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले चलचित्रमा कस्ट्युम डिजाईन गरेकी छन् । चलचित्रमा रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । चलचित्र विशाख २८ मा बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.