‘रणवीर’ घोडाघोडी ताल लगायतका रमणीय स्थलमा छायाँकन हुँदै


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘रणवीर’ को छायाँकन यतिबेला धनगढी , महेन्द्रनगर लगायतका सुदुरपस्चिमको रमणीय स्थलमा भईरहेको छ । एक्सन , सस्पेन्स र थ्रिल मिश्रित फिल्मको झन्डै ६५ दिनको छायाँकन उपत्यकामा सकिएपछी निर्माण युनिट त्यहाँ पुगेको हो । झन्डै तिन हप्ते सेड्युल लिएर त्यहाँ पुगेको युनिटले केहि दृश्य र दुई गीतको छायाँकन गर्नेछ ।

निर्माण घोषणामै महँगो बजेट भनेको चलचित्रलाई विना सम्झौता छायाँकन गरिरहेको युनिटको भनाइ छ । चलचित्रले महेन्द्रनगरको छायाँकन लगभग सकाएको छ भने धनगढी , घोडाघोडी ताल लगायतका रमणीय स्थलमा छायाँकन अझै बाकि छ । चलचित्रका कलाकार सुशील सिटौला , सुपुष्पा भट्ट , हरिहर शर्मा , जगदीश रिजाल लगायतको छायाँकन भईरहेको छ ।

शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर बनिरहेको चलचित्रलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् । चलचित्र ‘गाँजा बाजा’ प्रोड्युसर दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा ‘रणवीर’ निर्माण गरिरहेका छन् । चलचित्रमा प्रशान्त ताम्राकार , सुशील सिटौला , सुपुष्पा भट्ट , टिका पहाडी , रवी गिरी , नरेश पौडेल , हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ ।

यसैचलचित्र मार्फत मोडलिङ क्षेत्रको चर्चित नाम शुभेच्छा खड्का चलचित्रमा डेब्यु गर्दैछिन । महेश पौडेलको छायाँकन रहने चलचित्रमा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहनेछ । गम्भिर विष्ट र सुरेन बसेलले कोरियोग्राफी गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.