सेलिब्रेटी नेपाल काठमाडौँ
पुराना सफल कलाकारहरु यती बेला कोहि चलचित्र निर्माण त कोहि निर्देशन तिर लागी रहेका छन । भने केहि कलाकार चलचित्र क्षेत्र छोडेर अन्य पेशा अंगाली रहेका छन । यस्तैमा चर्चित नायिका रेखा थापाले आफुलाई अहिलेसम्म चलचित्र क्षेत्रमा सक्रिय राखेकी छिन । उनै रेखालाई केहि वर्ष पहिले सम्म चलचित्रकी रानी भन्ने गरिन्थो उनको अभिनय तथा निर्माण रहेको चलचित्रमा नायकलाई समेत छायाँमा पार्ने गर्थिन । तर अहिले समय बदलिएको छ । उनको सिनेमा हलमा कहिले आए गए पत्तै हुदैन ।
नायिका रेखा थापाले काम गर्ने हरेक निर्माता निर्देशक र कलाकारसँग सम्बन्ध नटिक्ने चर्चा जहिले चल्ने गरेको छ । हुन पनि हो उनले काम गरेका थोरै मात्र निर्माता निर्देशक र कलाकारसँग राम्रो सम्बन्ध होला । नत्र सबैसँग कुनै न कुनै बेला पानी बाराबारकै अवस्था छ ।
केहि वर्ष पहिले रेखाले निर्माण गरेको चलचित्र ‘हिम्मतवाली’को निर्देशकको रुपमा रेखाले दाई मानेका निर्देशक श्याम भट्टराईलाई निर्देशक लिइन । उनले केहि दिन चलचित्रको कञ्चनपुरमा केहि प्रतिशत छायाँकन गरे तर कहाँ के कुरा मिलेन रेखाले निर्देशक श्यामलाई हटाएर आफै चलचित्रको निर्देशन गरिन चलचित्र व्यवसायिक रुपमा सफल पनि भयो । चलचित्र सफल भएको केहि समय पश्चात उनको चलचित्रका मुख्य कलाकार सुर्दशन गौतमसँग पनि विवाद भयो र उनीहरुको आजसम्म पानी बाराबारको अवस्था छ ।
यस्तै उनले गतवर्ष ‘रुद्रप्रिया’ निर्माण गरिन चलचित्र व्यावसायिक रुपमा सफल हुन सकेन । चलचित्र असफल भएपछि उनको र निर्देशक सुदिप बब्ली भुपाल सिंहसँग रेखाको पानी बाराबारको स्थिती छ । यतिसम्म पनि सुन्नमा आएको छकी उनीहरु एकअकार्को नाम समेत लिन र सुन्न चाहान्नन् ।
यस्तैमा रेखा थापाले ‘मालीका’ नाममा चलचित्र निर्माण गर्दैछिन । यो चलचित्रको जेठबाट सुटिङ्ग सुरु हुैँदैछ । चलचित्र घोषणा ताका यो चलचित्रको नाम लाल मस्तिष्क राखिएको थियो । अहिले आएर रेखाले चलचित्रको नाम परिवर्तन गरिन । नाम परिवर्तनसँगै रेखको निर्देशक सम्झना रौनियारसँग के कुरा मिलेन । उनले चलचित्रबाट हात झिकिन । सम्झना बाहिरिए सँगै ‘मालिका’ लाई रेखा आफैले निर्देशन गर्ने भएकी छिन । रेखा जी यसरी निर्देशक निकालेर कहिलेसम्म निर्देशक बन्ने । अब चलचित्रको प्रि प्रोडक्सनबाटै सिनेमा निर्देशन गर्ने हिम्मत गर्ने कि?