दीपेन्द्रको निर्देशनमा बन्ने भो ‘गोपी’


सेलिब्रेटी नेपाल काठमाडौँ

आरोही इन्टरटेनमेन्टको ब्यानरमा चलचित्र ‘गोपी’ निर्माण घोषणा गरिएको छ । देशमै केही गर्न सकिन्छ र गर्छु भन्ने पात्रको जीवनमा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका बाबजुद उसले कसरी सफलता हात पार्छ भन्ने मूल कथाबस्तुमा आधारित रहेर चलचित्र बन्नेछ । ‘कठिन परिस्थिति र जटिल परिवेश हुँदाहुँदै पनि बर्तमान समयामा स्वदेशमै सपनाको खेति गर्ने युवा प्रति समर्पित चलचित्र हो ‘गोपी’ । दर्शकलाई मनोरंजन साथै केहि प्रेरणा, आशा र केहि उर्जा दिन चलचित्र सफल हुने विश्वास हामीले लिएका छौँ’, चलचित्र निर्माण टिमको भनाई छ ।

दीपेन्द्र लामाको कथा/निर्देशन, सामिप्यराज तिमल्सिनाको पटकथा तथा श्रीधर पौडेल कार्यकारी निर्माता रहेको चलचित्र आरोही केसीले निर्माण गर्न लागेकी हुन । चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अंकित खड्का, प्रकाश घिमिरे लगायतको मुख्य भूमिका रहने छ । चलचित्रमा शैलेन्द्र डि कार्कीको छायाङ्कन, निमेश श्रेष्ठको सम्पादन रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.