सेलीब्रेटी नेपाल माघ २६ गते-नेपाली चलचित्रको बजार ओरालो लागे पनि निर्माण कार्य धमा धम भई रहेको छ | यसै साता बाट काभ्रे फिल्म्स को ब्यानरमा चलचित्र बाउन्सरको सुटिंग प्रारम्भ भयको छ | चलचित्रका निर्देशन मदन घिमिरेले गरि रहेका छन् चलचित्रको निर्माण राम गिरि तथा बिरेन्द्र गिरीले संयुक्त रुपमा गरेका हुन् |चलचित्रमा मौनता श्रेष्ठको पटकथा, हिमाल के सी को द्वन्द,कृष्ण श्रेष्ठको छायांकन रहेको छ | सायना चलचित्र बाट डेब्यु गरेका नायक प्रशान्त गिरि तथा हट नायिका सुस्मा कार्कीको जोडी देख्न सकिन्छ | रेस्टुरेन्टमा सुरक्षा गार्ड बाउन्सरको वरिपरी कथा घुमेको कुरा नायक प्रशान्त गिरीले सेलीब्रेटी नेपाल लाई बतायका छन् |
सम्बधित पोस्टहरु
पुष्प र प्रशंसासँगै दाङबाट सुरु भयो ‘सिन्दूर’को छायांकन
काठमाडौं । कस्तुरी प्रोडक्सनको प्रस्तुति तथा क्लासिक सिने युनिभर्सको सहकार्यमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘सिन्दूर’ को छायांकन सुरु भएको छ। सामाजिक कथावस्तुमा आधारित चलचित्रको छायांकन पश्चिम नेपालको दाङबाट सुरु गरिएको...
चौथो हप्तामा पनि ‘पेन्सन पट्टा’को दबदबा, ८ करोड ५० लाख ग्रस कलेक्सन
‘स्टारडमभन्दा कथा बलियो हुन्छ’ : दयाहाङ राई
इशा परियारको आकर्षक नृत्यमा ‘आइटम बम’ सार्वजनिक
काठमाडौँ । मोडेल तथा अभिनेत्री इशा परियारको फिचरिङ रहेको नयाँ म्युजिक भिडियो ‘आइटम बम’ सार्वजनिक भएको छ। गायिका खुश्बू जैनको स्वरमा रहेको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। सन्तोष राज सहानीको शब्द तथा संगीत रहेको गीतको...
‘चंगुल’मा जेन्जी आन्दोलनको कथा, प्रिमियरमा घाइते जेन्जी सम्मानित
काठमाडौं। असोज १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘चंगुल’को प्रिमियर बुधबार राजधानीको लोत्से मलस्थित आईएनआई सिनेमाजमा सम्पन्न भएको छ। प्रिमियरमा फिल्मका कलाकार तथा सिनेमा क्षेत्रका व्यक्तित्वसँगै घाइते जेन्जी नेपालका प्रतिनिधिहरूको...
‘आ बाट आमा २’ को छायांकनका लागि पल, निर्देशक चन्द्र र रिश्ताको टिम हङकङमा
काठमाडौँ। आगामी बडादशैँ (असोज ३०) मा देशव्यापी प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित चलचित्र ‘आ बाट आमा २’ को निर्माण टिम अन्तिम चरणको छायांकनका लागि हङकङ पुगेको छ। चलचित्रको बाँकी महत्वपूर्ण दृश्यहरूको छायांकन सम्पन्न गर्न मुख्य...
कलाकारितामा चम्किँदै हुम्लाकी आरती बुढा
सेलिब्रेटी नेपाल। कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा अभिनयलाई आफ्नो मुख्य पेसा बनाउँदै आरती बुढा निरन्तर कलाकारिता यात्रामा अघि बढिरहेकी छन्। अनुशासित, लगनशील र कलाप्रति समर्पित आरतीले कला घर थिएटरमा अभिनय गुरु...




