मनिषालाइ ‘मोस्ट भर्सेटाइल एक्ट्रेस इन इन्डियन सिनेमा’ को अवार्ड


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली अभिनेत्री मनिषा कोइराला बलिउडकी स्थापीत कलाकार हुन् । अभिनेत्री मनिषा कोइराला भारतको प्रतिष्ठित ‘दादा साहेव फाल्के अवार्ड २०१८’ बाट सम्मानीत भएकी छिन् । यो सम्मान भारत सरकारले सिनेमा क्षेत्रमा विषेश योगदान पुर्याए वापत विभिन्न व्यक्तीलाई यो अवार्डले सम्मान गरिन्छ ।

मनिषाले यो अवार्ड ‘मोस्ट भर्सेटाइल एक्ट्रेस इन इन्डियन सिनेमा’ विधामा सम्मान पाएकी हुन् । भारतको मुम्बईमा आइतबार साँझ यो अवार्ड वितरण गरिएको थियो । उक्त अवार्ड पाएपछि मनिषाले आफु एकदमै खुशी भएको बताइन् । उक्त अवार्ड समारोहमा ‘प्याडम्यान’बाट अक्षय कुमार र ट्वाइलेट एक प्रेमकथा’बाट अभिनेत्री भुमि पडनेकरले सर्वोत्कृष्ठ नायक र नायिकाको अवार्ड पाए । दादा साहेब फाल्केको जन्म १९६९ शताब्दीबाट भएको हो । भारत सरकारको सञ्चार मन्त्रालयले यो अवार्ड समारोह सुरु गरेको थियो ।

नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले यो अवार्ड पहिलो पल्ट पाएकी हुन् । ९० को बलिउडमा छाएकी मनिषाले थुप्रै सुपरहिट सिनेमा दिएकी छिन् । उनी अहिले पनि बलिउडमा सक्रिय छिन् । तर, पछिल्लो समय बलिउडमा सफलताको स्वाद लिन पाएकी छैनन् ।

अहिले उनले सञ्जय दत्तको वास्तविक जिवनीमा आधारीत बायोपिक फिल्म ‘सञ्जु’मा सञ्जय दत्तकी आमाको भुमिकामा देखिएकी छिन् । यो फिल्मले आफुलाई पुन बलिउडमा स्थापित गराउनेमा विश्वस्त मानिषाले गरेकि छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.