‘बागी २’ र ‘पद्मावत’ को रेकर्ड तोड्दै ‘एभेन्जर्स’


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

हलिउड सुपरहिरो फिल्म ‘एभेन्जर्स : इन्फिनिटी वार’ ले ‘बागी २’ र ‘पद्मावत’ को रेकर्ड तोडेको छ । रिलिज भएको दिनदेखि ‘एभेन्जर्स’ को नाममा धेरै रेकर्ड बनेको छ । फिल्मले संसारभर राम्रो आम्दानी गरेको छ । भारतमा त यसले ‘बागी २’ र ‘पद्मावत’ को रेकर्डलाई धेरै पछि छोडेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतको बलिउड बक्स अफिसमा ‘एभेन्जर्स’ ले पहिलो दिन ३१ करोड भारु कमाएको डेड एनालिस्ट तरण आदर्शले जनाएका छन् । दुई हजार स्क्रिनमा रिलिज भएको ‘एभेन्जर्स’ ले अहिलेसम्म २६० करोड कमाइसकेको छ ।

‘बागी २’ ले पहिलो दिन २५ करोड, ‘पद्मावत’ ले १९ करोड, ‘पैडमैन’ १० करोड र ‘रेड’ ले १० करोड कमाएका थिए । अहिलेकै प्रदर्शनलाई लिएर भन्दा ‘एभेन्जर्स’ का नाममा धेरै कीर्तिमान रहने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.