मौसम गडबढी र अवार्ड आयोजकको फितलो व्यवस्थापन ! उपस्थीत पाहुना र कलाकारको भागदौड


सेलिब्रेटी नेपाल काठमाडौँ

पछिल्लो समय कलाकारहरुको चलचित्रसँग सम्बन्धीत संघ संस्थाले आयोजना गर्ने अवार्ड समारोहमा कलाकारको उपस्थीती न्युन हुने गर्दछ । तर बिहिबार सम्पन्न अवार्ड समारोहमा भने फरक दृष्य देख्न पाइयो । जहाँ नेपाली सिनेमाका नाम चलेका थुप्रै अनुहारलाई एउटै मञ्चमा देख्न पाइयो । नयाँ देखि पुराना पुस्ताको बाक्लो जमघट त्यहाँ देखियो । अवार्ड समारोहमा अहिलेका चर्चित नायक अनमोल केसी, प्रदिप खड्का, पल शाह, पुष्प खड्का,प्रशान्त ताम्राकार, अनुपविक्रम शाही, आमेश भण्डारी, सलोन वस्नेत, सारुक ताम्राकार पुराना कलाकार कलाकार भुवन केसी, रमेश उप्रेती, नायिका निरुता सिंह, आँचल शर्मा, वेनिशा हमाल लगायतका थुप्रै कलाकारहरु अवार्ड समारोहमा पुगेका थिए । तर मौसम गडबढी र अवार्ड आयोजकको फितलो व्यवस्थापनले कार्यक्रमलाई खल्लो बनाएको थियो ।

अवार्ड सुरु भएको केहि समय देखि नै पानी पर्न सुरु भयो । पानी पर्न थाले पश्चात अवार्ड समारोहमा उपस्थीत पाहुना र कलाकारको भागदौड भयो । यहाँ सम्मकी केहि समयको लागी अवार्ड वितरण कार्यक्रम नै स्थगित गर्नु पर्यो । पानीले गर्दा कलाकारले तयार पारेका साँस्कृतीक प्रस्तुती समेत उपस्थीत पाहुना तथा दर्शकले हेर्न पाएनन् । जसले गर्दा कार्यक्रम नै खल्लो हुन गयो । अवार्ड समारोहमा उपस्थीत पाहुना तथा कलाकारले आयोजकले कार्यक्रकको राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै आयोजक संस्थाको चर्को आलोचना गरे ।

लामो समयसम्म पानी नरोकिए पछि आयोजक संस्थाले होटलको एउटा कुनाको सानो स्थानमा अवार्ड कार्यक्रम गर्नु पर्ने भयो । जसले गर्दा सबै कुरा राम्रो हुँदा हुँदै पनि बेमौसमे पानी र आयोजकको लापरवाहीले अवार्डको गरिमा नै घटाएको उपस्थीत पाहुना तथा दर्शकको भनाई थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.