आज बाट चलचित्र पद्मिनी


सेलीब्रेटी नेपाल माघ २६ गते -आज बाट चलचित्र पद्मिनी प्रदर्शनमा आउने भएको छ। प्रदर्शनमा आउने भनिएको चलचित्र ‘मानब’को आन्तरीक समस्याका कारणले प्रदर्शन हुन नसके पछि चलचित्र ‘पद्मिनी’ मात्र प्रर्दशनमा आउन लागेको हो।
‘पद्मीनि’लाई नब निर्देशक राम प्यासीले निर्देशन गरेका हुन्। हिष्टेरीया रोगीको मनोदशालाई बिषय बस्तु बनाएर निर्माण गरिएको चलचित्रमा निशा अधिकारी ,अनिल थापा, सरिता गिरी ,सुनिल दत्त पाण्डेलगायत कलाकारको मुख्य भूमिकामा अभिनय देख्न सकिन्छ।
हिष्टेरीया रोगीको मुख्य भुमिकामा अभिनेत्री निशा अधिकारी प्रष्तुत भएकी छन् भने चलचित्र निसाकै वरीपरि धुमेको छ । बसन्तकुमार श्रेष्ठले निर्माण रहेको चलचित्रमा पटकथा सम्बाद अनमोल शर्माको रहेको छ। चलचित्रको कथा छिरिङ दोर्जेले लेखेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.