जेठ १८ गतेबाट प्रदर्शनमा आउने ‘भैरे’ पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘भैरे’को पोस्टर रिलिज गरिएको छ । ट्रेलर रिलीजको तयारीमा रहेको यो चलचित्रका दुई पोस्टर रिलीज भएका हुन् । पोस्टरमा चलचित्रका प्रमूख कलाकारहरु दयाहाङ्ग राई, सुरक्षा पन्त, बुद्दी तामाङ्ग, बर्षा सिवाकोटी, बिक्रान्त बस्नेत र अनुभव रेग्मी राखिएको छ ।

एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको यो चलचित्रको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत चलचित्रका सह-निर्मातामा छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका हुन् ।

सूर्य थोक्करको द्वन्द्व रहेको यस चलचित्रमा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यसअघि सार्वजनिक भएका यस चलचित्रमा दुई गीत यतिबेला चर्चामा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.